विमानस्थलका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार

२०८० फाल्गुन २९, मंगलवार

नेपालगन्ज : नेपालगन्जस्थित राँझा विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार भएको छ। विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनमा काम गरिरहेका चार जना भारतीय कामदारले प्रहरी पोष्टमाथि ढुंगामुढा गरेका हुन्।

विमानस्थलका वरिष्ठ सई सन्तोष शाहका अनुसार त्यस दिन भारतीय कामदार मादक पदार्थ सेवन गरेर विमानस्थल प्रवेश गर्दै थिए। विमानस्थल गेटमा सुरक्षाकर्मीले मादक पदार्थ सेवन नगर्न र होहल्ला नगर्न सुझाव दिएका थिए। रक्सीको नसामा लठ्ठ परेका उनीहरु उल्टै प्रहरीमाथि खनिए। टर्मिनल भवन निर्माणमा परिचालन भएका कामदारहरुका लागि विमानसस्थलभित्रको खाली जग्गामा टेन्टको अस्थायी निवास बनाइएको छ।

उनीहरुले दैनिक जसो संवेदनशील मानिने विमानस्थलभित्र मादक पदार्थ सेवन गरेर आउने र होहल्ला गर्ने भएपछि प्रहरीले उनीहरुलाई साँझको ८ बजेभित्र विमानस्थलभित्र निर्माण गरिएको बासस्थलमा प्रवेश गर्ने नियम बनाएको छ। प्रहरीले यसलाई कडाइ गर्न थालेपछि उनीहरु प्रहरीमाथि ढुंगामुढा गरेको बुझिएको छ। ‘साँझपख विमानस्थलको पार्किङतिर उनीहरु बसेका हुन्छन्,’ वरिष्ठ सई शाहले भने, ‘एक जना हवलदारले उनीहरुलाई बासस्थानतिर पठाउँदै हुनुहुन्थ्यो। उनीहरुले हवलदारलाई एक्लै देखेर विवाद सिर्जना गरे।’ त्यसको केही समयपछि करिब सवा ९ बजेतिर उनीहरुले प्रहरी पोष्टको गेटसम्म पुगेका उनको भनाइ छ।

विमानस्थलभित्र होहल्ला गर्ने दिपेन्द्रकुमार गौतम, विनयकुमार गौतम, प्रदीपकुमार राजबर र ओमप्रकाश राजबरलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार