प्रचण्डलाई विश्वासको मत दिए कारबाही : रेशम चौधरी

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ : एमालेसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने  विषयमा पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग मतभेद भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका छन्।

नाउपा संसदीय दलको नेतासमेत रहेकी अध्यक्ष श्रेष्ठले पार्टीका सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् भने रेशम मत दिन नहुने पक्षमा छन्। यस विषयमा उनले पार्टीबाट अलग्गै निर्णय पनि गराएका छन्।

यसै क्रममा आज प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहानै खुलापत्र लेख्दै पार्टीको निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार