भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

२०८० फाल्गुन ३०, बुधबार

विराटनगर : धनकुटाको साँगुरीगढी गाउँपालिका–७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका धनकुटा, साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार