गौर नरसंहार मच्चाउने सरकारमा छन्, कारवाही गर्ने ल्याकत छ ? : सीके राउत

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपेन्द्र यादवतर्फ लक्षित गर्दै गौर हत्याकाण्डमा मुछिएका सहभागी सरकारमा आफ्नो समर्थन हुन नसक्ने बताए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवमाथि कारवाही गर्ने सरकारसँग ल्याकत छ ? भन्दै आक्रोश पोखे । उनले भने, ‘तपाईंहरूलाई गौर संहारबारे थाहा छैन होला मैले प्रतिवेदन प्रिन्ट गरेर ल्याइदिएको छु । त्यहाँ बलात्कार गरेर ज्यूँदै जलाएर गोप्य अंगमा भाला रोपेर २७ जनाको निर्मम हत्या गरिएको थियो ।

तीनैसँग कुम जोडेर बस्नुभएको छ आज उहाँमाथि कारवाही गर्ने तपाईँहरूको ल्याकत छ ? रोप्नेसँग कुम जोडेर बस्नेलाई विश्वासको मत दिन सक्दैनौं, राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार