सहकारीको करोडौं ठगी आरोप लागेकालाई गृहमन्त्री बनाउनु भएको छ : चित्रबहादुर केसी

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मत प्रस्तावमाथि छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले सहकारीको करोडौं रकम ठगी आरोप लागेकालाई गृहमन्त्री बनाएको बताए।

‘नागरिकता दुइटा भएको मान्छे, पासपोर्ट दुइटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाएन? ल भन्नुस्। अनि तपाईंहरू वर्तमान र पूर्वप्रधानमन्त्री भएर उपप्रधान तथा गृहमन्त्री बनाउनु भएन?,’ प्रचण्ड र ओलीप्रति लक्षित गर्दै केसीले भने, ‘जसलाई अहिले गृहमन्त्री बनाउनु भएको छ, उहाँलाई सहकारीको करोडौं रुपैयाँ ठगी गरेको आएको छ कि छैन यहाँ?’

उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसकिने जानकारी गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार