रौतहटको राजदेवीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

२०८० फाल्गुन ३०, बुधबार

रौतहट : रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।

कौलाश राउत बरई, शत्रुध्न साह, हृदय साहको घरमा आगलागी भएको छ। आगलागीमा खाने समान, लताकपडा लगायतका लाखै बराबरको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। आगोलाई स्थानीय, सशस्त्र प्रहरीको सहयोग र गौर नगरपालिकाको बारुण यन्त्रले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार