जनकपुरधाम : सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । बुधवार बैठालाई सर्लाही प्रहरीले पक्राउ गरी धर्म सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले घटनास्थलमा रहेको सबुत प्रमाणको आधारमा बैठालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार मंगलवार राति मूर्ति तोडफोड गरिएको थियो ।





