सुन तस्करीमा उन्मुक्ति दिन सहयोग गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

२०८० चैत्र १, बिहीबार

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएर उन्मुक्ति दिन सहयोग गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सो प्रतिबद्धता जनाएका हुन्।

साथै, उनले प्रतिवेदन कार्यान्वयनको चुनौती आफैँले सामना गर्ने पनि बताए। आयोगका अध्यक्ष डिल्लीराज आचार्यसहितको टोलीले बिहीबार मन्त्रालय पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाएको थियो। ‘प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिनेछ, दोषीलाई कारबाही र सुधारका लागि सुझाइएको उपायको कार्यान्वयन गरिनेछ,’ लामिछानेले भने।

गृहमन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा आयोगले बुझाएको प्रतिवेदनले सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे। प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर÷डीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश छ।

विभिन्न समयमा विभिन्न माध्यमबाट भित्रिएको सुनबारे छानबिन गर्न उच्चस्तरिय जाँचबुझ आयोग बनेको थियो। आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार