उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ८ घाइते

२०८० चैत्र १, बिहीबार

काठमाडौँ : उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बोलेरोमा १४ जना सवार रहेका थिए। ‘जसमध्ये ६ जनाको मृत्यु भएको खबर आएको छ,’ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले भने, ‘स्थानीयसँगको समन्वयमा प्रहरीले अहिले मृतक र घाइतेको उद्धार गरिरहेको छ।’

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार