युक्रेन : आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीबार युरोपेली सङ्घ (इयु) को सदस्यताका लागि आवेदन दिने सम्भावनामाथि व्यापक सार्वजनिक छलफलको आह्वान गर्नुभएको छ । पूर्व–सोभियत मुलुक आर्मेनियाको रुससँगको सम्बन्ध तनावपूर्ण छ ।
युक्रेनमा मस्कोको युद्धले इयुको विस्तार अभियानलाई पुनः बलियो बनाएको छ । ब्रसेल्सले वर्षौंको अनिच्छापछि इयुका आकांक्षी युक्रेन, माल्दोभा र जर्जियालाई औपचारिक सदस्यताको मार्गमा राखेको छ । मस्कोबाट आर्मेनियाको परिवर्तनले ककेसस मुलुकको सरकारले कट्टर दुश्मन छिमेकी अजरबैजानसँगको सुरक्षा खतरासामु आफ्नो रक्षा गर्न रुस असफल भएको उजागर गरेको बताएको छ ।
प्रधानमन्त्री पाशिन्यानले बिहीबार इयुमा सामेल हुने सम्भावना ‘समाजमा व्यापकरूपमा चर्चाको विषय बन्नुपर्ने’ बताए । उनिको उक्त टिप्पणी युरोपेली संसद्ले यसै साता ‘इयु र आर्मेनियाबीच घनिष्ठ सम्बन्धमाथि’ एउटा प्रस्ताव पारित गरेपछि आएको हो । प्रस्तावमा येरेभानको अन्तिम सदस्यता आवेदनले ‘इयु–आर्मेनिया सम्बन्धमा एउटा परिवर्तनकारी चरणका लागि मञ्चार तयार गर्न सक्छ’ भनिएको छ ।
येरेभानमा एक सरकारी बैठकमा पाशिन्यानले भन्नुभयो, “यो आर्मेनियाको भविष्यको बारेमा हाम्रो दृष्टिकोणमाथि चर्चा गर्ने एउटा अवसर हो ।” आफ्नो मन्त्रिमण्डलमा इयुसँग आर्मेनियाको सम्बन्धलाई अधकतम गहिरो बनाउने दिशामा काम गरिरहने राजनीतिक इच्छाशक्ति भएको उनिले बताए ।
इयुमा सामेल हुने विचारबारे विगतका महिनाहरूमा पाशिन्यानको राजनीतिक टिमभित्र सक्रियरूपमा चर्चा भइरहेको थियो । विदेशमन्त्री अरारत मिर्जोयान र संसद् अध्यक्ष एलन सिमोनियनले सार्वजनिकरूपमा आर्मेनियाको युरोपेली आकांक्षाबारे कुरा गर्नुभएको थियो ।





