ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते, चारको अवस्था गम्भीर

२०८० चैत्र १, बिहीबार

एजेन्सी : ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।

नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समय अनुसार बिहान ६:२० बजे राष्ट्रिय तेल वितरण कम्पनीको स्वामित्वमा रहेको ग्यास भर्ने केन्द्रमा विस्फोट भएको थियो । ग्यास सिलिन्डर भर्ने क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार