रुख भाँचिएर मोटरसाइकलमा लाग्दा तामाङको मृत्यु

२०८० चैत्र १, बिहीबार

धनकुटा : धनकुटामा रुख भाँचिएर लाग्दा एकजना महिलाको मृत्यु भएको छ।

बिहीबार करिब दिनको पौने ५ बजे धनकुटा नगरपालिका-४ को सल्लेरीस्थित कोसी लोकमार्गमा धनकुटाबाट हिले जाँदै गरेको प्रदेश १ -०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलमाथि भाँचिएको रुख खसेको थियो। रुखको हाँगो खस्दा मोटरसाइकल पछाडि बसेकी धनकुटा नगरपालिका-१ हिले बस्ने आशीष तामाङकी ३० वर्षीया श्रीमती उषा तामाङको ज्यान गएको हो।

रुख भाँचिएर छातीमा लाग्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरे।मोटरसाइकल चालक एवम् महिलाका श्रीमान् आशीष तामाङ भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार