दाङ : घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीविच झडप भएको छ ।
प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घट्नालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो ।झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए । झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन् ।
घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ बर्षीय बालक सुरेश कवरको मृत्यु भएपछि पीडित पक्षले अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै घट्नाको सत्यतथ्य छानविन र दोसीलाई कारवाहीको माग गर्दै विहीवारदेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा ल्याउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।





