हरिवंशको ‘मुटु फस्याथ्यो’ गीतमा बेरोजगारीको कथा (भिडिओ)

२०८० चैत्र २, शुक्रबार

काठमाडौँ : सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्। उनको ‘मुटु फस्याथ्यो’ बोलको सार्वजनिक गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरिएको छ।

हरिवंशको शब्द र संगीत रहेको गीतमा हरिवंशसहित समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गम्भिर विष्टले निर्देशित गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारी लगायतको अभिनय छ।

गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन्। ‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ। अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ। गाउँघर रित्तिदै गएको छ,’उनले भने, ‘पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे। अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ। गन्तव्य त विदेश भइरहेको छ। गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु।’

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र नवराज उप्रेतीको छायाङ्कन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार