मधेसवादबाट थाकेपछि अभियान सुरु गरेको हुँ : राजेन्द्र महतो

२०८० चैत्र २, शुक्रबार

परासी : नेता राजेन्द्र महतोले आफू मधेसवादबाट थाकेपछि नयाँ अभियान सुरु गरेको बताएका छन् । लोसपा पार्टी त्यागेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ सञ्चालन गरेका नेता महतोले अभियानमार्फत् नयाँ शक्ति निर्माण गर्ने बताए ।

भियानबारे जानकारी दिन जिल्ला दौडाहामा निस्केका महतोले शुक्रबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । आफू मधेस केन्द्रित भएर आन्दोलन गरेपनि मधेसवादले मात्र केही नहुने भएकाले अभियान सुरु गरेको उनको भनाइ छ ।

‘३४ वर्षदेखि मधेसवाद,मधेसवाद भन्दै लडेर थाके, यसले केही हुनेवाला नदेखेपछि उत्पिडन र अधिकारबाट बञ्चित भएकाहरूलाई गोलबद्ध गर्दै उनीहरुको अधिकार स्थापनाका लागि नयाँ अभियानमा सुरु गरेको हुँ ,’महतोले भने।

तत्कालका लागि अभियानलाई पार्टीमा रुपान्तरण नगर्ने उनले स्पष्ट पारे । ‘यो वैचारिक अभियान हो । पहिला अभियान त्यसपछि संघर्ष र विद्रोह हुन्छ र त्यही विद्रोहले पार्टी निर्माण गर्छ, त्यसका लागि केही समय लाग्छ ,’उनले भने।

क्रान्तिबाट जन्मने भएकाले आफ्नो पार्टी एकल नहुने उको भनाइ छ । ‘देशका तीन ठूला पार्टीले ९० प्रतिशत एकल होल्ड गरेका छन् । त्यसले उत्पिडन र पछाडि परेका जातजातीको अधिकार स्थापना गरेन । त्यसैले हामीले बहुल पार्टी निर्माणका लागि अभियान थालेका हौं ,’उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार