गृहमन्त्री लामिछानेमाथि प्रमाण पुगेको खण्डमा कसैले राजीनामा माग्नै पर्दैन : श्रममन्त्री अर्याल

२०८० चैत्र २, शुक्रबार

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आधार पुगेको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँ राजीनामा दिने बताएका छन् ।

शुक्रवारको प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै मन्त्री अर्यालले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि प्रमाण पुगेको खण्डमा कसैले राजीनामा माग्नै नपर्ने बताए । उनले भने, ‘हाम्रा सभापतिलाई आरोप कहाँ लागेको छ ? उजुरी सर्टिफाइ छ ? जाहेरीमा कानून, ऐन, नियम पूरा गरेको छ कि छैन ? प्रहरीलाई सोध्नु जाहेरी लिएको छ कि छैन । राजीनामा दिनुपर्ने कारण छैन । माग्दैमा राजीनामा दिने होइन । मन्त्रीले राजीनामा दिने आधार भए माग्नु पर्दैन आफैँ दिन्छौं । हामी प्रमाणका आधारमा बहस गरौं ।’

प्रमुख प्रतिपक्षी दलका सांसदहरूले शुक्रवार प्रतिनिधिसभामा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका थिए । सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति गृहमन्त्री हुन नहुने भन्दै कांग्रेसका करिब एक दर्जन सांसदले लामिछानेको राजीनामा मागेका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरेको थियो ।

कांग्रेस सांसदहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका थिए । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार