काठमाडौँ : सुन काण्डमा मुछिएपछि नुवाकोटका जिल्ला प्रहरी प्रमुख सन्जयसिंह थापा प्रहरी प्रधान कार्यालय तानिएका छन्।
सुनकान्डको अनुसन्धानमा आरोपीलाई उन्मुक्ति दिन खोजेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन एसपी थापा तानिएका हुन् । उनलाई कारबाही गर्न आयोगले सिफारिस गरेको थियो ।
यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीमा कार्यरत डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई पनि हेडक्वार्टर तानिएको छ । उनीहरुलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ । दुवै जना हाल सीआईबीमा कार्यरत थिए ।