वीरेन्द्रनगर : पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन्।
घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान साढे ९ बजे करेन्ट लागेर घाइते भएका थिए। उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।