भारतमा ‘रंगेली’ हिन्दी भाषामा प्रदर्शन हुने

२०८० चैत्र ४, आईतवार

काठमाडौं : फागुन २५ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘रंगेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने भएको छ।

युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले वितरण अधिकार लिएको छ। एन मुभिज ‘हनुमान, पेज ३, मलामाल विक्ली, कर्पोरेट, ट्राफिक सिग्नल, जन्नत, न्युटन’ जस्ता बलिउड फिल्म वितरण गरिसकेको छ।

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा फिल्म वितरण गर्छन्। रंगेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए। उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको छ छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए। यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए।

फिल्म नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शन भइरहेको छ। अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरूवात भएको निर्देशक अर्जुन सुवेदीले बताए। त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शनको नजिक छ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल, रुपेश झालगायत कलाकारको अभिनय छ।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार