काठमाडौं : युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।
प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो। युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन्।
लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि नेपालमा उनीहरूका परिवारलाई राहत भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरलियोनाका नागरिक रहेका छन्।
उनीहरूलाई सार्वजनिक गर्दै रसियासँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित देशलाई पनि अपील गरेको छ। तेस्रो देशका नागरिक यो युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ।





