नेविसंघले गर्‍यो अर्थमन्त्री पुन र गृहमन्त्री लामिछानेको पुत्ला दहन

२०८० चैत्र ४, आईतवार

काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

नेविसंघका केन्द्रीय सदस्य र त्रिभुवन विश्वविद्यालयका नेताहरूले उनीहरूको पुत्ला दहन गरेका हुन् । आइतबार त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै उनीहरुले पुन र लामिछानेको राजीनामा माग समेत गरेका थिए । पुन सुन काण्ड र लामिछाने सहकारी काण्डमा  मुछिएकाे भन्दै नेविसंघले उनीहरूका विरुद्ध प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार