विपन्न दलित परिवारलाई पाडी वितरण

२०८० चैत्र ५, सोमबार

सुलीकोट : गोरखा नगरपालिका – १ ताप्लेका विपन्न दलितहरूलाई २१ बटा भैँसीको पाडी वितरण गरिएको छ । आइतबार गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले एक कार्यक्रमका बिच दलित जनजागरण आमा समूहका २१ घर धुरीलाई भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिका – १ का वडा अध्यक्ष हिक्मत बहादुर कुबेरले बताए ।

गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नगर सभाबाट पारित जीविकोपार्जन कार्यक्रम अन्तर्गत रु  ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसै अनुरूप जीविकोपार्जन कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका – १ ताप्लेको दलित बस्तीमा भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले जानकारी दिए । उनका अनुसार गोरखा नगरपालिका गोरखामा धेरै दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले त्यस समुदायलाई माथि उकास्न नगरपालिकाले जिबिकापार्जन कार्यक्रम लागु गरी कार्यान्वयनमा ल्याइएको मेयर रानाले बताए ।

नगरपालिकाले पहिलो पटक एक नम्बर वडामा मात्र लागु गरेको छ । आगामी नगर सभाबाट १४ वटै वडाका विपन्न दलितलाई आयआर्जनमा टेवा पुग्ने गरी कार्यक्रम ल्याइने उनको भनाई छ । नगरपालिकामा – १ मा दलित समुदायको बाक्लो बसोबास रहेको छ । विपन्न दलित समुदायमा आर्थिक अवस्था असाध्यै कमजोर रहेकाले आर्थिक अवस्था माथि उकास्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान हुने नगरपालिकाले विश्वास लिएको छ । भैँसीको पाडी पाउनु मात्र ठुलो नभएकाले यसबाट हामीले लिन सक्ने उपलब्धिको बारेमा मेयर रानाले  विपन्न किसानलाई भने,“तपाईँहरू इमानदार साथ भैँसी पालेर दूध उत्पादन गर्नुस् त्यसको सम्पूर्ण जिम्मेवारी गोरखा नगरपालिकाले लिनेमा ढुक्क रहन विश्वास व्यक्त गरे।”

दलित समुदायको आर्थिक अवस्था सुधारका लागि गोरखा नगरपालिका भित्रका १४ वटा मध्ये १ नम्बर वडाको दलित जनजागरण आमा समूह मार्फत विपन्न दलितहरूलाई छनोट गरी भैसीको पाडी वितरण गरिएकोमा खुसी व्यक्त गर्दै गोरखा नगरपालिका गोरखा र मेयर रानालाई दलित जनजागरण आमा समूहमा अध्यक्ष राममायाँ नेपालीले धन्यवाद दिए । दलित समुदायलाई भैसीको पाडी वितरण गरी आर्य आर्जनमा थप टेवा र हौसला प्रदान गरी खुसी प्रदान गरेको दलित जनजागरण आमा समूहका अध्यक्ष नेपालीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार