ट्रम्पको धम्की: यसपटक पनि म राष्ट्रपतिमा विजयी भइनँ भने अमेरिकामा रक्तपात हुनेछ

२०८० चैत्र ५, सोमबार

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते देशमा ‘रक्तपात’ हुनसक्ने चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयातीत कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले अचानक भने, ‘यदि मैले आगामी चुनाव जितिनँ भने पूरै देशमा रक्तपात हुनसक्छ।’ उनले आफू पुनः राष्ट्रपतिमा निर्वाचित नभए अमेरिकामा लोकतन्त्रै समाप्त हुने दाबी पनि गरे।

ट्रम्पले भने, ‘यदि मैले चुनाव जितिनँ भने मलाई लाग्दैन कि देशमा फेरि चुनाव हुनेछ।’ रिपब्लिकन पार्टीको राष्ट्रपतीय उम्मेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन्। २०२० को राष्ट्रपतीय चुनावमा जो बाइडेनसँग हारेपछि उनले धाँधली भएको आरोप लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार