भौतिक पुर्वाधार मन्त्रीमा दीपक मनाङे नियुक्त

२०८० चैत्र ५, सोमबार

पोखरा : एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन्। उनले आजै साढे तीन बजे सपथ लिदै छन्।

स्वतन्त्र रुपमा चुनाव जितेका मनाङे पछिल्लो समय एकीकृत समाजवादीमा आवद्ध थिए। तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनले आइतबार मात्र एकीकृत समाजवादी त्यागेको बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार