जसका कारण जनताले पीडा भोगेका छन् उसैलाई गृह मन्त्रालय? : प्रतिमा गौतम

२०८० चैत्र ५, सोमबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगीका पीडितहरूले राज्यबाट न्याय पाउने आशा मारिसकेको बताएकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सहकारी ठगी प्रकरणमा मुछिएकै व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएकोले पीडितहरूले न्याय पाउने ‍आश मारिसकेको बताएकी हुन्। ‘जो पीडक हो जसका कारण जनताले पीडा भोगेका छन् उसैलाई गृह मन्त्रालय? कस्तो न्यायको सिद्धान्तलाई स्थापित गर्ने खोजिरहनुभएको छ प्रधानमन्त्री ज्यू?,’ उनले भनिन्।

सांसद गौतमले वर्तमान सरकारको नेतृत्वलाई दुइट ‘स’ (सुन र सहकारी)प्रति निकै लगाब रहेको पनि बताइन्। ‘दुइटा ‘स’ लाई अत्यधिक प्रेम गरेर पो सरकारको नेतृत्वमा आउन मरिहत्ते गर्नुभएको रहेछ भन्ने पुष्टि भएको छ,’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार