मन्त्रीको लोभमा पर्दा मनाङेको सांसद पद धरापमा

२०८० चैत्र ५, सोमबार

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका दीपक मनाङेको सांसद पद भने धरापमा पर्ने देखिएको छ।

राजनीतिक दलसम्बन्धी कानुनले कुनै पनि दलमा आबद्ध भइसकेपछि त्यो दल त्यागेमा सांसद पदबाट मुक्त हुन सक्ने व्यवस्था गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा २९ मा लेखिएको छ, ‘कुनै दलको उम्मेदवार नभई स्वतन्त्ररूपमा संघीय संसद वा प्रदेश सभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुनेछ।’

मनाङे २०७९ को प्रदेश सभा निर्वाचन मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते नेकपा एकीकृत समाजवादी रोजेका थिए।

तर उनले आइतबार एकीकृत समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिए र भोलिपल्टै मन्त्री नियुक्त भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार