सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ

२०८० चैत्र ६, मंगलवार

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा ढुंगामुढा र आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। गत फागुन २५ गते मध्यराति प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको भनिएको थियो। त्यसमाथि अनुसन्धान गर्नेक्रममा प्रशासकीय अधिकृत अधिकारीले नै लगाएको देखिएको प्रहरी निरीक्षक सिंहले बताए।

गाउँपालिकाले पनि अधिकारीविरूद्ध जाहेरी दिएको उनले बताए। उनीमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले किन त्यसो गरे भन्ने नखुलेको प्रहरी निरीक्षक सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार