गृहमन्त्रीको बारेमा प्रधानमन्त्रीले सदनमा झूटो बोल्नुभयो : शेखर कोइराला

२०८० चैत्र ६, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झूटो भएको जिकिर गरेका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झूटो बोलेको बताएका हुन् ।आफूमाथि प्रश्नचिन्ह खडा भएपनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने उनको भनाइ थियो । कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिक रहेको प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार