गठबन्धनको साझा संकल्प कागजको खोस्टाजस्तै हो : प्रेम सुवाल

२०८० चैत्र ७, बुधबार

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।

पाँचदलीय गठबन्धनले मंगलबार सार्वजनिक गरेको साझा संकल्पमा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको उनले औंल्याए ।

सदनमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिबी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार