नेपाल बैंक लिमिटेड सिटी अफिसद्वारा वित्तीय साक्षरता

२०८० चैत्र ७, बुधबार

विराटनगर : नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरले मङ्गलबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

अन्तर्राष्ट्रिय संस्था  आर्थिक सहकार्य तथा विकास सङ्गठन ‘ओईसीडी’ को युवा  लक्षित कार्यक्रम अन्तर्गत ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । ‘ग्लोबल मनि विक-२०२४’ को १२ संस्करण अन्तर्गतको सो कार्यक्रम विराटनगरको ईडेनबर्ग ईन्टरनेशनल कलेजका बिबिए र बिपिएच का १०६ भन्दा बढी विद्यार्थीहरू लाभान्वित भए ।

हरेक वर्षको मार्चमा ६ देखि ११ सम्म कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रम युवा लक्षित रहेको र विश्वको १७६ देशहरू यस कार्यक्रममा सहभागी रहँदै आएका छन् । सो अवसरमा युवाहरूमा बैंकिङ बानीको बिकास, डिजिटल बैंकिङ, अर्थतन्त्र, क्युआर तथा नगदरहित बैंकिङको आवश्यकता र अर्थतन्त्रबिचको अन्तर सम्बन्धबारे बैंकका सहायक प्रबन्धक शिव श्रेष्ठले जानकारी गराएका थिए ।

कार्यक्रममा शाखाका उपप्रबन्धक निलम खरेल, रञ्जन ठाकुर तथा करिष्मा कोइराला लगायतका कर्मचारीसमेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार