काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार ३०० रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ कायम भएकोमा आज १ हजार ३०० रूपैयाँले घटेर १ लाख २६ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी एकैदिन प्रतितोला ५५ रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ५०० रुपैयाँ कायम भएको छ ।





