मिलन लामाको अमेरिकाको भर्जिनियामा लोक संगीत साँझ हुदै

२०८० चैत्र ९, शुक्रबार

काठमाडौं : अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरमा गायक मिलन लामाको लोक संगीत साँझ हुने भएको छ । आगामी अप्रिल ६ का दिन हुने कार्यक्रम स्थानीय समयअनुसार बेलुका ६ बजेदेखि सुरु हुनेछ ।

फेयरफ्याक्सस्थित तन्दुरी फेयरफ्याक्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रवेशका लागि २० डलरको टिकट लाग्नेछ । यो प्रवेश शुल्क तिरेपछि एउटा ड्रिंक कम्प्लिमेन्ट्रीको रुपमा निःशुल्क पाइनेछ ।

कार्यक्रममा मिलन लामासँगै सुमित्रा लामा र गोमा गुरुङको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार