कर्णाली पुलबाट हामफालेका १७ युवकमध्ये एकजना बेपत्ता

२०८० चैत्र १३, मंगलवार

काठमाडौं : कर्णाली चिसापानी पुलबाट पालैपालो हामफालेका १७ जना युवामध्ये एक जना बेपता भएका छन् ।

होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेर फालेका थिए। त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेका थिए । तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्।

बेपत्ता भएका युवककाे सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार