काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम आज ३ सय रूपैयाँले घटेर १ लाख २६ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १५ सय ५ रूपैयाँ कायम भएको छ ।





