इलाम-२ मा माओवादीबाट चार जनाको नाम सिफारिस

२०८० चैत्र १३, मंगलवार

काठमाडौँ : इलाम–२ को उम्मेदवारका लागि माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ ।

प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको बताइएको छ । माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको हो।

हालसम्म एमालेले स्व नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसबाट ७ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार