अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गरेको हो : आईजीपी कुँवर

२०८० चैत्र १४, बुधबार

काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशङ्कामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार बसेको बैठकमा आइजिपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए ।  महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरूको प्रश्नतर्फ सङ्केत गर्दै उनले भने, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’

नेता महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको उनले बताए । तर अदालतले अस्पतालमा राख्नू भनेको र हिरासतमा राख्दा थप समस्या आउन सक्ने भएपछि हाजिरी जमानीमा छाडेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार