सरकारी कागजात चोरी आरोपमा २ जना पक्राउ

२०८० चैत्र १४, बुधबार

काठमाडौं : सरकारी कागजात चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुबिर थापा मगर र सोही ठाउँका २९ वर्षीय सरोज थापा मगर छन् । गत सोमबार दिउँसो साढे ३ बजेतिर पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पाखेरा महानगरको स्टोरको रुपमा रहेका भवनको ताल्चा फोडेर महमानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप उनीहरुमाथि छ ।

चोरी भएका नक्साका २९ वटा फाइलसहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धीको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता सूर्यबहादुर रानाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार