नरैनापुरमा आगलागी हुँदा पाँच घरगोठ जले

२०८० चैत्र १४, बुधबार

नेपालगन्ज : नरैनापुर गाउँपालिका–५ इँटाभट्टा नजिकै बुधबार आगलागी भएको छ। आगलागीले तीन वटा घर र दुई गोठ जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव शालिकराम साहुले जानकारी दिए।

हावा तीव्र गतिमा चलेका कारण आगलागी भएको जनाउँदै नरैनापुरमा रहेको दमकमल, सुरक्षा निकाय र सर्वसाधारणले संयुक्त रूपमा गरेको प्रयासले आगो छिट्टै नियन्त्रणमा आएको उनले बताए। आगो नियन्त्रणमा आउनु अघि नै वडा नम्बर ५ इँटाभट्टा नजिकका तीन घर र दुई गोठ जलेर नष्ट भएको तथा गाउँका अन्य घरलाई जोगाउन सकिएको बताए।

नरैनापुर ५ मा लागेको आगो नियन्त्रणमा आएको र सो आगलागीबाट ठुलो क्षति नभए पनि तीन घर र दुई गोठ जरेल खरानी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार