![](https://hamrodes.com/wp-content/uploads/2024/03/kp-2.jpg)
झापा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन्।
एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन्। उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे। ‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ। आजको होइन हो, यो ०४८ सालको सुरुको लालकिल्ला हो । यो लालकिल्लामा कसैले हात हाल्न दिनु हुँदैन। हात हाल्ने कुचेष्टा नगरे हुन्छ। यो लालकिल्ला हो, लालकिल्ला रहन्छ।’ उनले भने।
अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिए।