नुहाउने क्रममा सेती नदीमा डुबेर किशोरकाे मृत्यु

२०८० चैत्र १६, शुक्रबार

धनगढी : सेती नदीमा नुहाउने क्रममा एक किशोरकाे मृत्यु भएको छ। डाेटीको दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२ः४० बजेतिर सेती नदीमा डुबेर मृत्यु भएको हो।

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए। प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार