माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको छ : विप्लव

२०८० चैत्र १७, शनिबार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिए । उनले दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा राखे ।

विप्लवले समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरुलाई एक पटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे । त्यस्तै उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चूनौती दिनुपर्ने बताए ।

उनले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार