हेटौंडा : बागमती प्रदेश सरकार आज पुनः विस्तार हुने भएको छ ।
जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने तय भएको हो । थपलियालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको जनाइएको छ । उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ । एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए ।





