बुवाकाे दाहसंस्कार गरेर फर्किँदै गरेका छाेरा त्रिशुलीमा खसेर बेपत्ता

२०८० चैत्र १७, शनिबार

चितवन : आज त्रिशुलीमा खसेकाे ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यकाे दाहसंस्कार गरी फर्किँदै गरेकाे खुलेको छ । क्यान्सर राेगले मृत्यु भएका शंकर राेकाकाे दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेकाे ट्याक्सी त्रिशुलीमा खसेकाे हाे ।

हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरकाे दाहसंस्कार गरिएकाे थियाे । उनकाे परिवारका ६ जना आज त्रिशुलीमा खसेकाे गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सीमा शंकरकी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए ।

त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए । हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार