घण्टी बजाउँदै रास्वपाले मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा

२०८० चैत्र १७, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेर उम्मेदवार घोषणा गरेको छन्। वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बुलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गरेर उम्मेदवार घोषणा गरे। र, सँगै घण्टी बजाए।

आज उनको पक्षमा माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नको लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार