सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ : कांग्रेसका सांसद केसी

२०८० चैत्र १७, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केसीले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए । उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गरे । केसीले नागरिकहरुमा निराशा छाएको बताए । उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।

केसीले भने, ‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ । यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आवद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।’

उनले अहिले सरकार सरकार जसरी र संसद् संसद् जसरी सञ्चालन हुन नसकेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार