
काठमाडौँ : पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ सामु जितका लागि २ सय २५ रनको लक्ष्य पाएको छ । दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो । लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो ।
बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको शतकीय पारी खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।