‘इलामबाट रास्वपाको एक सिट थपेर २२ पुग्छ’

२०८० चैत्र १७, शनिबार

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको चुनावमा १५० सिट जित्ने लक्ष्य लिएको बताएका छन् । शनिबार इलाम क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामबाट रास्वपाले एक सिट थपेर २२ पुग्ने बताएका हुन् ।

उनले इलाममा आएको कम्पनले सिङ्गो नेपाल र विश्वभरि छरिएका नेपालीमा उत्साहको कम्पन आउने दाबी गरे । वाग्लेले इलाममा उत्पादन हुने अलैँची लगायतका कृषि उत्पादन वृद्धि र व्यापार बढाउनका लागि धेरै काम गर्ने उल्लेख गरे ।

उनले पार्टीले उदार अर्थनीति अँगालेको बताउँदै शक्ति पृथकीकरणको सिद्धान्तमा पार्टीले विश्वास गर्ने र पार्टी सङ्घीयता विरोधी नरहेको बताए । वाग्लेले उम्मेदवार मिलन लिम्बु स्थानीयबासी भएकोले सो ठाउँ बुझेको मान्छे भएकोले पार्टीले सहर्ष रूपमा उम्मेदवार स्वीकार गरेको बताए । स्थानीयको मन जितेर मतमा रूपान्तर गर्न सिङ्गो पार्टी नै होमिने वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार