बनेपामा शुक्रबारे हाटबजार

२०८० चैत्र १७, शनिबार
धुलिखेल : बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गर्नुभयो । नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उहाँले भन्नुभयो, “दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ ।”
उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरुको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाउनुभयो । “बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ,” उहाँले भन्नुभयो । ठेकेदारलाई बेच्दा लगानीको केही खर्च उठ्ने गरे पनि धेरैजसो घाटामा बेच्नुपर्ने भएको उहाँले बताउनुभयो । यसरी सधैँजसो आफँैले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिने उहाँको भनाइ छ ।
लप्सीका क्यान्डीहरु उत्पादन गरी बिक्री गर्दै आउनुभएका नालाका उद्योगी महालक्ष्मी श्रेष्ठले लप्सीबाट बन्ने विभिन्न परिकारको बिक्री गरी आम्दानी गर्नुभएको छ । जागरण लप्सी क्यान्डी उद्योग सञ्चालन गर्दै आउनुभएका उहाँले किसानले आफ्ना उत्पादनहरु सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकोस् भनेर हाटबजार सञ्चालन गरेपछि बिक्री गर्ने अवसर मिलेको बताउनुभयो । यसअघि उहाँहरुले सिधै पसलहरुलाई बिक्री गर्ने र विदेशसम्म पनि पठाउने गरेको थियो । हाटबजारमा भने पहिलोपटक बिक्री गर्न ल्याएको उहाँले बताउनुभयो ।
बेथानचोक गाउँपालिका–५ कामीडाँडाका निरमाया तामाङले मौरीपालन गरी उत्पादन गरेको महलाई हाटबजारमा बिक्री गर्न ल्याउनुभएको छ । दुई वर्षदेखि मौरीपालन व्यवसायमा लाग्नुभएका उहाँले उत्पादन भएको मह बिक्री गर्न खासै समस्या नभएको सुनाउनुभयो । निरमाना मौरी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरी ५०÷६० घार मौरी पालन गर्नुभएका उहाँले यस्ता बजारहरु सञ्चालन गर्नाले व्यवसायमा लाग्न थप ऊर्जा प्राप्त हुने बताउनुभयो । उहाँले तोरी, चिउरीलगायत फलफूलको रसबाट मह उत्पादन गरी बिक्री गर्दै आउनभुएको छ ।
नगरपालिकाले बजार सञ्चालनमा ल्याएपछि यहाँका किसानले उत्पादन गरेको विभिन्न वस्तुलाई बिक्रीका लागि सहज भएको बताएका छन् । बजारमा व्यापारीले बिक्री गरेको तरकारीभन्दा किसानले उत्पादन गरी सिधै बेच्न ल्याएको तरकारीमा मूल्यमा कम हुनुका साथै सहज रुपमा किन्न पाइएको उपभोक्ताहरुको भनाइ छ ।
नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक कमला हुमागाईंले किसानले दुःख गरी उत्पादन गरेको वस्तुहरु आफैँले सिधै उपभोक्तालाई बिक्री गर्न पाउने गरी हाटबजार सञ्चालनमा ल्याएपछि उत्साहित बनेका बताउनुभयो । बजारमा किन्नुभन्दा यहाँ थोरै भए पनि सस्तोमा पाउने भएकाले उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ छ ।
हाटबजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
किसानको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाटबजार सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । सञ्चालनमा ल्याएको बजार व्यवस्थापनका लागि व्यवस्थापन समितिले कृषकबाट सरसफाइ शुल्क मात्रै लिने गरी आवश्यक ठाउँ मिलाउने जनाइएको छ ।
महोत्सवका बेला दुई सय ५०–तीन सय वटासम्म स्टल राख्ने गरेको बनेपा नगरपालिकाको पुरानो बजार क्षेत्रको खुल्ला ठाउँ लायकु मञ्चमा कृषि शाखाले उक्त हाट सञ्चालनमा ल्याएको हो । नगरपालिकाले हरेक शुक्रबार सो ठा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार