सेफ्टी ट्यांकमा निसासिएर मजदुरको मृत्यु

२०८० चैत्र १७, शनिबार

जनकपुरधाम : धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ ।

सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए ।

उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए । प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार