ताप्लेजुङको फूलबारीमा एक घर जलेर नष्ट

२०८० चैत्र १७, शनिबार

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा शनिबार दिउँसो एक घर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार फूलबारीका स्थानीय हर्कबहादुर थापाको घर जलेको हो। भान्सा कोठाबाट अचानक आगो उठ्दा थापाको ढुङ्गा, माटो र काठले बनेको खर (फुस) को छाना भएको दुईतले घर जलेको  लुङ्गेलीले जानकारी दिए।

आगलागीबाट घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नस्ट भएको प्रहरीले जनाएको छ। त्यस्तै दुई तोला सुनको गरगहानासमेत जलेर नस्ट हुँदा करिब ११ लाख ६० हजार रुपियाँ बराबरको क्षति हुन गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार